बेलबारीको काकुममा छोराद्वारा आमाको हत्या, पछि छोराले गरे आत्माहत्या – Satabdi News

बेलबारीको काकुममा छोराद्वारा आमाको हत्या, पछि छोराले गरे आत्माहत्या

जेठ १५, बेलबारी । बेलबारी वडा नं ०४ इमानसिङ चोकका बिर बहादुर गुरुङको आत्माहत्या घटना भएको १ हप्ता वित्न नपाउदै सोहीे वडामा फेरि अर्को घटना भएको छ । वडा नं ०४ काकुम बुधबारेमा अन्दाजी ५७ बर्षिय देवी कुमारी लिम्बुलाई आफ्नै छोरा अन्दाजी २९ बर्षिय जीवन लिम्बुले (काले) ईटाले टाउकोमा प्रहार गरी हत्या गरेको छ । सो घटना स्थानिय गजेन्द राईको भनाई अनुसार बिहान करिब १० बजे घटना भएकोे बताए ।

मृतकको घर

निरिक्षणको क्रममा स्थानियको भनाई अनुसार आमा छोरा तीन चार दिन अघि देखि झैझगडा भई्रहथ्र्यो । हिजो राति घरमा अन्दाजी १० बजे छोराले घर भित्र आगो लागाएको थियो । गस्तीमा आएको प्रहरीले आगो नियन्त्रण गरि, छोरालाई प्रहरीले ईलाका प्रहरी कार्यलय बेलबारीमा लगिएको थियो । भोलिपल्ट आमा र छिमेकीको सहयोगमा छोरालाई छुटाउन बिहान ईलाका प्रहरी कार्यलय बेलबारी गएका थिए । प्रहरी कार्यलयबाट अन्दाजी ८ ३० बजे छुटाएर आएका थिए । आमाले छोराको लागि मासु भात पकाउन तयारी अवस्थामा थिए । आमा बाहिर बसिरहेको अवस्थामा पछाडिबाट ईटा प्रहार गरी हत्या गरेको कुरा स्थानियबासीले शताब्दी न्युजलाई बताए ।

स्थानियबासी

आमाको हत्या गरिसकेपछि मिलन चोकको खड्का निवास नजिक घाटी रेटी आत्माहत्या गर्ने प्रयास गरेको थियो । प्रहरीले उपचारको लागि नोबल अस्पताल लगिने क्रममा बाटोमा मृत्यु भएको कुरा स्थानियले बताए । लिम्बु अत्याधिक मात्रमा मादक पदार्थ सेवन गर्ने र दुई तीन दिन देखि मानसिक समस्याले ग्रसित भएको कुरा स्थानियले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीको काकुममा छोराद्वारा आमाको हत्या, पछि छ..." A few seconds ago

सम्बन्धित खवर