धरान । जनता समाजवादी पार्टी, शिल्पी विशेष समिति, प्रदेश नम्बर १ ले पश्चिम रुकुमकाे चाैरहजारीमा भएकाे घटनाकाे भर्त्सना गर्दै दाेषीलाई कार्वाहिकाे माग गरेकाे छ ।
बुधबार समितिले प्रेस विज्ञप्ती जारी गर्दै पश्चिम रुकुमकाे चाैरहजारी ८, साेतिमा अन्तरजातिय विवाहकाे निउमा भएकाे घटनाकाे दाेषीलाई कार्वाहिकाे माग गरेकाे हाे । समितिका अध्यक्ष नरेश विश्वकर्मा “क्षितिज” र सचिव शशिकुमार विश्वकर्मा द्वारा हस्ताक्षरीत विज्ञप्तीमा क्रुर, अमानविय र बर्वरतापुर्ण भएकाे उल्लेख छ । साेही घटनालाई लिएर साे क्षेत्रका संसद जनार्दन शर्माले दिएकाे अभिव्यक्तीलाई समेत कडा शब्दमा आपत्ती जनाईएकाे छ । साे घटना बारे संसदमा सम्बाेधन गर्दा भेरी नदिमा हामफाल्दा मृत्य भएकाे भनेर संसद शर्माले बाेलेका थिए । त्यस्तै साे घटनाकाे तथ्य प्रमाण नष्ट हुन सक्ने भन्दै दाेषीलाई कडा कार्वाहि र बेपत्ताकाे अवस्था सार्वजनिक गर्न माग गरेकाे छ । पश्चिम रुकुमकाे चाैरहजारी ८, साेतिमा अन्तरजातिय विवाहकाे निहुमा गाउँलेहरुकाे कुटाईबाट ३ जनाकाे मृत्य भएकाे थियाे ।