रुकुमका नवराज वि.क हत्याकाण्डको विरुद्धमा किर्तिपुरमा बिरोध प्रदर्शन – Satabdi News

रुकुमका नवराज वि.क हत्याकाण्डको विरुद्धमा किर्तिपुरमा बिरोध प्रदर्शन

जेठ १३, काठमाडौ ।  रुकुम र जाजरकोटमा भएको अन्तरजातिय प्रेम सम्वन्धका कारण मृतक नवराज विक र उनका साथीहरु टीकाराम सुनार, गणेश बुढा मगर र बेपत्ता सन्दीप वि.क, लोकेन्द्र सुनार, गोविन्द लगायत युवाहरुको सामुहिक नरसँहारको विरुद्धमा आज किर्तिपुरको लोकतान्त्रिक चोकमा प्रदर्शन भएको छ ।

बिद्यार्थीहरुको बिरोध प्रदर्शन

जातीय विभेद तथा दलित माथिको हिंसाको विरुद्धमा गरिएको सो प्रदशर्नमा त्रिभुवन विश्वविधालयमा अध्ययनरत विधार्थी, युवा राजनैतिक कर्मि, साहित्यकार, मानवअधिकारकर्मी, स्थानिय समाजसेविहरु प्लेकार्ड लिएर शान्तिपूर्ण रुपमा धर्नामा सहभागि भएका थिए । कार्यक्रममा दलित गैर सरकारी सस्था महासघ डिएनएफका उपाध्यक्ष एव अधिकारकर्मी सुशील विके, नागरिक अधिकारकर्मी तेज सुनार, विद्यार्थी नेताहरु रवि सेन्चुरी, रामलाल विश्वकर्मा, लोकेश विश्वकर्मा, प्रेम विक र दिपा नेपाली लगायतका विधार्थीहरुको उपस्थिति रहेको थियो । त्यसै गरि मानवअधिकारकर्मि डा. पदमप्रसाद खतिबडा, केशरत्न बज्रचार्य र सहित्यकार सङ्गित स्रोता र लेखक बन्दना ढकाल लगायतले कार्यक्रममा एक्यवद्दता जनाउनुभएको थियो ।

बिद्यार्थीहरुको बिरोध प्रदर्शन

सहभागिहरुले जातिय आधारमा हत्या कहिले सम्म? हामी कहिले सम्म मौन बस्ने ? अजित मिजार, नवराज वि.क हरु अझै कति मर्नु पर्ने, अन्तरजातिय विवाहको नाममा अझै कति युवायुवतिले आफ्ना् ज्यानको आहुति दिनु पर्ने जस्ता नारा लेखिएका प्लेकार्ड लिएर विरोध गरेका थिए । २१ शताब्दीमा पनि हाम्रो समाज मनुवादी सोचबाट माथि उठ्न नसकाले समाजमा दलित समुदाय साथै दलित समुदायका युवायुवतिहरु माथि विभिन्न नाममा हत्याहिंसा, कुटपित, यातना, अत्यचारले अझै पनि हाम्रो समाज ढुङ्गे युगमा नै रहेको छ ।

गणतान्त्रिक नेपालमा रुकुमको मानवता विरुद्दको घटनाले दलित लगायत सम्पुर्ण न्याय प्रेमि समुदायलाई मर्महात पारेकोले जतिसक्दो छिटो दोषिलाई कानुनि दायरमा ल्याइ कडा कारवाही गर्न र पीडितलाइ न्याय दिलाउन सहभागीहरुले माग गरेका थिए । वेपत्ताके खोजी गर्न पीडित परिवारलाइ राहत तथा क्षतिपूर्ति दिन, सरकारले वनाएको समितिले निष्पक्ष रुपमा जाचबुच गरी सत्यतथ्य वाहिर ल्याउन, घटनालाई राजनीतिकरण नगर्न सहभागीको माग थियो । यदि सरकारले यस घटनालाई कुनै बाहनामा चलखेल गरि दोषिलाई उम्काउन खोजे त्यसका विरुद्ध अझ शसक्त रुपमा आन्दोलन अगाडी बडाउने चेतावनी दिदै कार्यक्रमका संयोजक रवि सेन्चुरीले आन्दोलन दलितको मात्र नभएर न्याय प्रेमि सबैको भएकोले जातिय कुसंकारका विरुद्ध एक जुट भएर लड्नका निम्ति अनुरोध गरेका थिए । कार्यक्रमको संयोजन तथा पहलकदमी विद्यार्थी नेताहरु रवि सेन्चुरी र रामलाल राजवंशी विश्वकर्माले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "रुकुमका नवराज वि.क हत्याकाण्डको विरुद्धमा किर्त..." A few seconds ago

सम्बन्धित खवर