साहारा नेपाल र बेलबारी नगरपालिकाद्दारा वडा नं ४ मा २० वटा घर निर्माण हुने – Satabdi News

साहारा नेपाल र बेलबारी नगरपालिकाद्दारा वडा नं ४ मा २० वटा घर निर्माण हुने

जेष्ठ १२, बेलबारी । बेलबारी नगरपालिका मेयर ज्ञानेन्द्र सुवेदीले गरिव तथा विपन्न बर्गहरुलाई लक्षित गरि निर्माण हुन लागेको घरको शिल्यान्याश गरेको छ ।

आज सोमबार बेलबारी वडा नं ०४ मा २० वटा घर बनाउन लागेको हो । गरीब तथा विपन्न वर्गहरुलाई लक्षित गर्दै आवास निर्माण हुने मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

बेलबारी नगरपालिका र साहारा नेपालको समन्वयमा निर्माण हुन लागेको हो । बेलबारी नगरपालिकाले प्रति घर १ लाख ५० हजार र साहारा नेपालको १ लाख गरि २० वटा घर निर्माण हुन लागेको हो । स्थानीयबासीको श्रमदानमा निर्माण हुनेछ ।

बेलबारी नगरपालिका, साहारा नेपाल र स्थानीयवासीहरुको समन्वयमा एक महिना भित्रमा घर बनाई हस्तान्तरण गरिने ४ नं वडा अध्यक्ष राम कुमार राइले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "साहारा नेपाल र बेलबारी नगरपालिकाद्दारा वडा नं ४..." A few seconds ago

सम्बन्धित खवर