श्रीमानले धेरै सेक्स गर्यो भन्दै यी महिलाले सरकारलाई लकडाउन खोल्न भनिन – Satabdi News

श्रीमानले धेरै सेक्स गर्यो भन्दै यी महिलाले सरकारलाई लकडाउन खोल्न भनिन

विश्वभर कोरोना माहामारी डरलाग्दो बन्दै गएको छ । अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) का कारण ५३ लाख भन्दा धेरै संक्रमित भएका छन् । ज्यान गुमाउनेहरुको संख्या ३ लाख ४० हजार भन्दा धेरै रहेको छ ।

कोरोना भाइरसको कारण विश्वका धेरैजसो देशहरूमा लकडाउन लागू गरिएको छ । नेपालमा  र भारतमा पनि लकडाउनको समय बढाइएको छ ।

यस समयमा मानिसहरू घरहरूमा बन्द छन् । कोरोना फैलावटलाई ध्यानमा राख्दै सरकारले यी कदम चालेका हुन् । लकडाउनको कारण मानिस दैनिक आवश्यकताका बारेमा चिन्तामा छन् । तर केही अफ्रिका लगायत देशहरूमा महिलाहरूले लकडाउनका कारण धेरै चुनौतीहरूको सामना गरिरहेका समाचार बाहिर आएका छन् ।

अहिले घरमा बन्द भएकाहरु टिभी, मोबाइल, इन्टरनेट बाहेक आफ्नो यौन जीवनको आनन्द पनि लिइरहेका छन् । नेपालमा अहिले ‘अभागीले विहे गरेको समयमा भु-कम्प आउँछ, भाग्यमानीले गर्दा लकडाउन हुन्छ’  भनेर ब्यङ्ग्य गर्ने गरिएको छ । यसमा कसैले पनि आशंका गर्न सक्दैन कि मान्छेहरु आफ्नो इच्छा अनुसार हर सम्भव कायर्हहरु गरिरहेका छन् ।

तर नेपालीमा नै ‘धेरै खायो भने चिनी पनि तितो हुन्छ’ भन्ने अर्को उखान पनि रहेको छ । यस्तै घटना अफ्रिकी मुलुकहरुमा पुरुषहरुले अत्याधिक यौन चाहना राख्दा त्यहाँका महिलाहरु चिन्तामा परेका छन् । दिनरात आफ्ना पतिले बारम्बार गरिरहेको यस हर्कतले दुःख पाइरहेकी एउटी महिलाको पिडा अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा उल्लेख गरिए अनुसार लकडाउनका कारण बेरोजगार भएका उनका श्रीमान घरमा बारम्बार यौन सम्बन्ध राख्न खोजिरहेका हुन्छन् । यो घटना अफ्रिकी देश घानाको हो । यहाँ आफ्ना श्रीमानका कारण तनाबमा आएकी एक महिलाले एउटा भिडियो बनाएर सरकारको अगाडि आफ्नो पीडा व्यक्त गरिन् ।

उक्त महिलाले घानाका राष्ट्रपति नाना अकुफो एडोजलाई लकडाउन समाप्त गर्नका लागि अपील गरेकी छिन् । यो भिडियो विभिन्न युट्यब च्यानलमा अपलोड गरिएको छ । जसमा महिलाले लकडाउन समाप्त गर्न सरकारलाई अपील गरिरहेकी छिन । घानाका स्थानीय मिडियामा यो भिडियोलाई उद्धृत गर्दै समाचार प्रकाशित हुँदैछन् ।

आफ्ना श्रीमानबाट भइरहेको यस व्यवहारबाट हैरान भएकी ति महिला तत्काल उनी काममा गएको हेर्न चाहान्छिन् । यसकारण उनले सरकारसँग लकडाउन समाप्त पुर्ण रुपमा नभए पनि सबै कार्यालय खोल्न अपिल गरेकीछन । ताकि उनका श्रीमान् काममा जान सकून् र उनले त्यस्तो समस्याहरूको सामना गर्नु नपरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "श्रीमानले धेरै सेक्स गर्यो भन्दै यी महिलाले सरक..." A few seconds ago

सम्बन्धित खवर