जेठ ९, काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहान ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको डडेलधुरा र वैतडीमा पनि कोरोना संक्रमित भेटिएको छ । डडेलधुराको पराशुराम–१० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ–१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कैलालीको जानकी गाउँपालिकामा तीन जनामा पुष्टि भएको छ । सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो ।
यस्तै बाँकेमा १४ जना संक्रमित थपिएका छन् । उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु छन् । उनीहरु मध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् । त्यस्तै मोरङको रतुवामाई–२ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ ।