जनता आवास मार्फत बनाउन लागेको घर नगर प्रमुखद्वारा शिल्यान्यास – Satabdi News

जनता आवास मार्फत बनाउन लागेको घर नगर प्रमुखद्वारा शिल्यान्यास

जेष्ठ ०९, बेलबारी । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द सुबेदीले आज घर शिल्यान्यास गरेको छ । बेलबारी नगरपालिका बडा नं ३ मा रहेको सिम्पाने चोकमा घर शिल्यान्यास गरेको हो । साहारा नेपाल, ह्याविटेड नेपाल  र बेलबारी नगरपालिकाको सयुक्त सहकार्यमा जनता आवाश कार्यक्रम मार्फत घर निर्माण गरिएको हो ।

घर निर्माण गदै

गरीब तथा बिपन्न बर्गहरुलाई लक्षित गरि जनता आवाश कार्यक्रम मार्फत निर्माण गरिएको मेयर सुवेदीले बताए । उनले जनता आवाश कार्यक्रम मात्र नभएर अरु थुरै योजनाहरु गरीब तथा बिपन्न बर्गहरुलाई लक्षित गरि ल्याएको पनि बताएका छन् । नेपाल कृषि प्रदान देश रहेकाले र्कषि क्षेत्रलाइृ बढी प्राथमिकता दिने पनि बताएका छन् ।

बेलबारी नगरपालिका र साहारा नेपालको समन्यवमा ४० वटा घरमा निर्माण हुन लागेको हो । सिम्पाने टोलमा २६ वटा र मिरमिरे टोलमा १४ वटा घर निर्माण हुने छ ।

नगर प्रमुख ज्ञानेन्द सुबेदी, उपप्रमुख ढाका पराजुली, ३ नं बडाअध्यक्ष योगेन्द« सुबेदी, प्रमख प्रशासकीय अधिकृत प्रदिप शाह, वडा सदस्य चन्द« बहादुर राई, समाजसेवी डि पि राई, तिलक राई, राजन प्रसाई, मनकुमार गुरुङ, सिम्पाने टोल बिकासका अध्यक्ष दिप बहादुर गुरुङ, सचिव धन बहादुर थापा लगाएतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जनता आवास मार्फत बनाउन लागेको घर नगर प्रमुखद्वा..." A few seconds ago

सम्बन्धित खवर