बराहक्षेत्र नगरपालिकाको वडा नं १० र ११ पुरै सिल – Satabdi News

बराहक्षेत्र नगरपालिकाको वडा नं १० र ११ पुरै सिल

जेष्ठ ०७, बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाको वडा नं १० र ११ मा रहेको मधुवन र प्रकाशपुर सिल गरिएको छ ।

बराहक्षेत्र नगरपालिकाले आज बुधवार एक विज्ञप्ति जारी गदै दुवै वडालाई आवाज जावज पुर्ण रुपमा बन्द भएको जनाएको छ । हिजो त्यहाँ मङ्गलवार मात्र त्यहा कार्यरत एक सशस्त्र प्रहरीलाई कोरोना पुष्टि भएको थियो । मधुवन छेउमा रहेको कोसी प्रोजेक्टमा कार्यरत प्रहरी थिए ।

यो संगै अर्को आदेश जारी नभए सम्मको लागि सिल गरिएको जनाएकाृे छ । यो अवधिमा अत्यावश्यक सेवा सुविधाका साधन तथा औषधी पसल मात्र खुल्ने नगरपालिकाको विज्ञप्तिका उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बराहक्षेत्र नगरपालिकाको वडा नं १० र ११ पुरै सिल" A few seconds ago

सम्बन्धित खवर