नेपालमा कोभिड–१९ बाट दोस्रो व्यक्तिको मृत्यु – Satabdi News

नेपालमा कोभिड–१९ बाट दोस्रो व्यक्तिको मृत्यु

जेठ ४, काठमाडौं । नेपालमा कोरोना भाइरस कोभिड–१९ बाट दोस्रो व्यक्तिको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेको नरैनापुरको दीपेन्द्र मा वि भोज भगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका जानकारी दिएको हो । मृतक २५ बर्षिय पुरुष कोरोना परीक्षण रिपोर्टबाट पोजेटिभ देखिएको हो ।

मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । त्यसपछि क्वारेन्टाइनमा बस्ने क्रममा स्वासप्रश्वासमा समस्या भएको पछि उनको आइतबार विहान मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपालमा कोभिड–१९ बाट दोस्रो व्यक्तिको मृत्यु" A few seconds ago

सम्बन्धित खवर