नेपालमा कोरोना संक्रमित २१७ पुग्यो ; मंगलबार साझ मात्र २६ पुष्टि – Satabdi News

नेपालमा कोरोना संक्रमित २१७ पुग्यो ; मंगलबार साझ मात्र २६ पुष्टि

बैेशाख ३०, बेलबारी । नेपालमा फेरि मंगलबार साँझ २६ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौंमा ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

त्यस्तै महोत्तरीका १६ र ३५ वर्षीय पुरुष तथा धनुषाकी २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पर्सामा २२, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २८,२८, ३२, ५९, ५५, ६१, र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

आजै बिहान ५७ जनामा कोरोना पुष्टि भएको थियो ।

यो सँगै संक्रमितको संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपालमा कोरोना संक्रमित २१७ पुग्यो ; मंगलबार सा..." A few seconds ago

सम्बन्धित खवर