जनता समाजवादीको विरोध प्रदर्शन – Satabdi News

जनता समाजवादीको विरोध प्रदर्शन

बैशाख २९, बेलबारी । जनता समाजवादी पार्टी, बेलबारी नगर समितिले नेपाली भुमि मिचिएको विरोधमा प्रदर्शन गरेको छ ।

बेलबारी १०, भाउन्नेमा सोमबार विरोध र्याली सहित कोणसभा आयोजना गरेको हो । चर्को नाराबाजी सहित र्याली गरेका समाजवादीका नेता कार्यकर्ताले भारतिय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीको तस्विर समेत जलाएका थिए । उनिहरुले गो ब्याक ईन्डिया, भारतिय बिस्तारवाद मुर्दावाद, लिपुलेक हाम्रो हो, लगायतका नारा लगाई भाउन्ने बजार परिक्रमा गरेका थिए । जनता समाजवादी पार्टीका नगर सचिव अमिर मगरले सन्चालन गरेको कार्यक्रममा युवा नेता सन्तोष तामाङ, विद्यार्थी नेता अशोक राईले सम्बोधन गरेका थिए ।

कार्यक्रममा समाजवादी पार्टीका प्रदेश सदस्यहरु केदार धिममल, उपेन्द्र लावती, शान्ता मोक्तान, नगर अध्यक्ष तिलक राई लगायतको उपस्थिति रहेको थियो ।

लिपुलेक, लिपियाधुरा, कालापानी नेपालको भएको ऐतिहासिक प्रमाणहरू भएपनि भारतले जवरजस्ती अतिक्रमण गरेको र आफूलाई राष्ट्रवादी बताउने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार मुकदर्शक भएको विरोधमा यो कार्यक्रम आयोजना गरिएको नगर सचिव अमिर मगरले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जनता समाजवादीको विरोध प्रदर्शन" A few seconds ago

सम्बन्धित खवर