सुन्दरहरैचा वडा नं १२ मा तेस्रो चरणको राहत वितरण – Satabdi News

सुन्दरहरैचा वडा नं १२ मा तेस्रो चरणको राहत वितरण

बैशाख २८, सुन्दरहरैचा । सुन्दरहरैचा न.पा वडा नं १२ ले राहत वितरण गरेको छ । सुन्दरहरैचा नगरपालिका वडा न १२ मा रहेको गरीव तथा विपन्न वर्गहरुलाई लक्षित गर्दै राहत वितरण गरिएको वडा कार्यालयले जनाएको छ।

करिव २०० घर परिवारलाई राहत वितरण गरिएको अध्यक्ष रोशन ढकालले बताउनु भएको छ । तेस्रो चरणको राहत वितरणमा २० केजी चामल , १ केजी दाल वितरण गरिएको हो ।

वितरण कार्यमा कार्यवाहक अध्यक्ष गणेश फुयाल, टिका सुवेदी, रोशन आधिकारी, राजन दाहाल लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सुन्दरहरैचा वडा नं १२ मा तेस्रो चरणको राहत वितरण" A few seconds ago

सम्बन्धित खवर