नेपालमा थप सात जनामा कोरोना संक्रमित, जम्मा १०९ पग्यो – Satabdi News

नेपालमा थप सात जनामा कोरोना संक्रमित, जम्मा १०९ पग्यो

बैशाख २७, बेलबारी ।  नेपालमा थप सात जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

कोशी अञ्चल अस्पतालमा गरिएको स्वाद परीक्षणमा उदयपुरको भुल्केमा १८, ४५, र ६५ बर्षका तीन महिलामा संक्रमित देखिएको हो।

यसै गरि शुक्रबार साँझ सम्म गरिएको परीक्षणमा  कपिलवस्तु र पर्सामा थप चार जनामा कोरोना पुष्टि भएको हो ।

कपिलवस्तुका १७, १८, १८ वर्षका पुरुष र पर्सा छपकैयाका ६२ वर्षका संपुरुषमा पनि कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपालमा थप सात जनामा कोरोना संक्रमित, जम्मा १०९..." A few seconds ago

सम्बन्धित खवर