संस्कृत विषयलाई मात्र पठनपाठन गर्न स्वीकृति दिएको प्रति जनजाति महासंघको आपत्ति – Satabdi News

संस्कृत विषयलाई मात्र पठनपाठन गर्न स्वीकृति दिएको प्रति जनजाति महासंघको आपत्ति

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरल अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को सम्वत् २०७६ माघ २ मा बसेको बैठकको निर्णय बमोजिम संस्कृत विषयलाई २०७७ को शैक्षिक सत्र देखि कक्षा १ मा पठनपाठन थाल्ने अनुमती दिए पछि महासंघले बिहिबार विज्ञप्ती जारी गर्दे आपत्ति जनाएको हो । आवश्यक परे सबै तहका कक्षामा पठनपाठन सञ्चालन गर्ने भए पछि त्यस राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को यस निर्णयप्रति नेपालका सम्पूर्ण आदिवासी जनजातिहरूको प्रतिनिधिमूलक साझा संगठन नेपाल आदिवासी जनजाति महासंघको गम्भीर ध्यानाकर्षण भएको महासंघका अध्यक्ष जगत बरामद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

नेपालको संविधान, मौजुदा कानून र परिवर्तनको बर्खिलाप शिक्षा मन्त्रालय र त्यस अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले संस्कृत विषयलाई मात्रै काखी च्यापेर नेपालका अरु भाषाहरूलाई बलात् गर्दै कक्षा १ देखि ऐच्छिक विषयको रुपमा पठनपाठन गर्ने गराउने, मृतप्राय संस्कृत भाषालाई सबैभाषी विद्यार्थीहरू माथि जबर्जस्ती लाद्ने र एकल जातीय–नश्लीय–भाषिक पक्षपोषण गर्ने गराउने यस खाले कदमप्रति विज्ञप्ती मार्फत महासंघले घोर निन्दा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "संस्कृत विषयलाई मात्र पठनपाठन गर्न स्वीकृति दिए..." A few seconds ago

सम्बन्धित खवर