मगर संघ बेलबारीले बुद्ध जयन्ती मनाए – Satabdi News

मगर संघ बेलबारीले बुद्ध जयन्ती मनाए

बैशाख २५, बेलबारी । मगर संघ बेलबारीले कोराना भाइरस (कोभिड–१९)को कारण बुद्ध जयन्तीको औपचारिक पूजामात्र गरेर मनाएका छन् ।

बिश्व महामहारी रुपमा फैलीएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरि कायम गरि बेलबारीका मगरहरुले पूजा गरि बुद्ध जयन्ती मनाएका हुन ।

वापाले (बौद्ध गुरु) बेलबारी मगर गुम्बामा औपचारिक पुजाआजा गरेका हुन् ।

वापाले गुम्बामा दियो बालेर फलफूल चढाएर औपचारिक रुपमा लामा मन्त्र वाचन गरेर पुजाआजा गरेका छन् । गुरुले सहभागीलाई पहेलो टिका लगाइ दिएको जनाइएको छ ।

मगर संघ बेलबारी नगर अध्यक्ष केशव थापा मगरले गौतमबुद्धको २५६४ औँ जयन्ती शान्तिको कामना सहित यले संम्बत ५०८० साकेल उभौलीको सुभकामना व्यक्त गरेका छन । मगरले बिश्व कोरोना भाइरस महामारीबाट मानव जिवनलाई सुरक्षित राख्नुका साथै चाडैनै भाइरस निर्मुलिकरण भएर बिश्व शान्ती होस भनी गौतमबुद्ध संग प्राथना गरेको जनाए ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । यस वर्ष कोभिड–१९ को सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा सीमित लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि मात्र पूरा गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मगर संघ बेलबारीले बुद्ध जयन्ती मनाए" A few seconds ago

सम्बन्धित खवर