किरात याक्थुम चुम्लुङ बेलबारीले उभौली मनाए – Satabdi News

किरात याक्थुम चुम्लुङ बेलबारीले उभौली मनाए

बैशाख २५, बेलबारी किरात याक्थुम चुम्लुङ बेलबारीले कोराना भाइरस (कोभिड–१९)को कारण उभौली चाड औपचारिक पूजामात्र गरेर मनाएका छन् ।

बिश्व महामहारी रुपमा फैलीएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरि कायम गरि किराती लिम्बुहरुले ले पूजा गरि साकेला उभौली मनाएका हुन ।

फेदाङमाले माङहिममा औपचारिक पुजाआजा गरेका हुन् ।

फेदाङमाले किरात माङहिममा धुपधुवौर गर्नुका साथै फलफूल चढाएर औपचारिक रुपमा पूजाआजा गरेका छन् । फेदाङमाले सहभागीलाई पहेलो टिका लगाइ दिएको जनाइएको छ ।

किरात याक्थुम चुम्लुङ बेलबारी नगर अध्यक्ष चन्द्र लिम्बुले उभौली र बुद्ध जयन्तीको सुभकामना व्यक्त गरेका छन ।

कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै यस बर्ष कुनै पनि कार्यक्रम नगरिने कियाचु बेलबारी सचिब कृष्ण मेनाङ्बोले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "किरात याक्थुम चुम्लुङ बेलबारीले उभौली मनाए" A few seconds ago

सम्बन्धित खवर