किरात राई यायोख्खा बेलबारीले उभौली पूजा गरेर मनाए – Satabdi News

किरात राई यायोख्खा बेलबारीले उभौली पूजा गरेर मनाए

बैशाख २५, बेलबारी । किरात राई यायोक्खा बेलबारीले कोराना भाइरस (कोभिड–१९)को कारण उभौली चाड औपचारिक पूजामात्र गरेर मनाएका छन् ।

बिश्व महामहारी रुपमा फैलीएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरि कायम गरि बेलबारी साकेला थानमा किराती राईहरुले पूजा गरि साकेला उभौली मनाएका हुन ।

नछुङ(पुजारी ) पर्सुराम राईले किरात थान माङहिममा औपचारिक पुजाआजा गरेका हुन् ।

नछुङले किरात थान माङहिममा धुप बालेर फलफूल चढाएर औपचारिक रुपमा पूजाआजा गरेका छन् । नछुङले सहभागीलाई पहेलो टिका लगाइ दिएको जनाइएको छ ।

किरात राई यायोक्खा बेलबारी नगर अध्यक्ष जितुमान राईले यले संम्बत ५०८० साकेला उभौली र बुद्ध जयन्तीको सुभकामना व्यक्त गरेका छन । राईले बिश्व कोरोना भाइरस महामारीबाट मानव जिवनलाई सुरक्षित राख्नुका साथै चाडैनै भाइरस निर्मुलिकरण भएर जावोस भनी सुम्निमा(पारुहाङ संग बल मागेको जनाए ।

उभौली किराँत सुनुवार, राई, र याक्खा जातिको महान चाड साकेला साकेन्वा उभौली साकेला नाच पूणिर्मादेखि सुरू हुन्छ । उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन् भनि साकेलारसखेवा शिली गर्दै नाच्दै प्रकृतिलाई पुजा गरिन्छ। किराँतहरूको यो पर्व पृथ्वीमा कृषियुग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "किरात राई यायोख्खा बेलबारीले उभौली पूजा गरेर मनाए" A few seconds ago

सम्बन्धित खवर