नेपालमा थप ७ जनालाई कोरोनाको संक्रमण, संक्रमितको संख्या ८२ पुग्यो – Satabdi News

नेपालमा थप ७ जनालाई कोरोनाको संक्रमण, संक्रमितको संख्या ८२ पुग्यो

बैशाख २३, बेलबारी । नेपालगंजका थप ७ जना कोरोना संक्रमणको पुष्टी भएसँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको स्वास्थ तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन ।

नेपालगन्जको प्रयोगशालामा भएको परिक्षणमा ३ पुरूष र ४ महिला गरी ७ व्यक्तिमा सक्रमण पुष्टी भएको हो । मंगलबार देखिएको ७ जना संक्रमतिमा नेपालगञ्ज वडा  ८ का २२, ३० र ४० वर्षीय पुरुष र ९, ३२, ३४ र ५५ वर्षीय महिलामा संक्रमण देखिएको छ । सबै संक्रमितको स्वास्थ स्थिती सामान्य रहेको र संक्रमित बिरामीहरु स्वास्थकर्मीको निगरानीमा रहेको बताइएको छ ।

दिनहुँ रुपमा बढीरहेको कोरोना संक्रमितको कारण नेपालगंजमा निषेधित क्षेत्र घोषण गरिसकेको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यलयमा बसेको सर्बदलिय र सर्बपक्षीय बैठकले आज मंगलबार बिहान ११ बजेदेखी बैशाख २५ गते मध्यराती सम्म नेपालगन्जलाई पुर्ण: निषेधित क्षेत्र घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपालमा थप ७ जनालाई कोरोनाको संक्रमण, संक्रमितक..." A few seconds ago

सम्बन्धित खवर