जात्री मेला नलगाउन टोल समितिलाई धिजाविकेको आग्रह – Satabdi News

जात्री मेला नलगाउन टोल समितिलाई धिजाविकेको आग्रह

बेलबारी । कोरोना भाईरसको प्रभावका कारण धिमाल जातिय विकास केन्द्र, केन्द्रीय समितिले टोल समितिहरुलाई जात्री मेला नलगाउन आग्रह गरेको छ ।
सोमबार धिमाल जातिय विकास केन्द्र, केन्द्रीय समितिले प्रेस विज्ञप्ती जारी गर्दै सो आग्रह गरेको हो । समितिका अध्यक्ष तेजबहादुर धिमाल र महासचिव केदार धिमालद्वारा जारि विज्ञप्तीमा कोरोना भाईरसको कारण यो वर्ष मेला नलगाई स्थानिय निकाय तथा स्थानिय प्रशासन सँग समन्वय गरि पुजा मात्र गर्न सम्पुर्ण मातहतका टोल समितिहरुलाई आग्रह गरिएको छ । साथै विश्व स्वस्थ्य संगठन र नेपाल सरकारले जारी गरेको निर्देशन सबैले पालना गर्न समेत विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

धिमाल समुदायले यो पर्व महामारी रोगहरु नफैलियोस्, रोगव्याधीहरु नलागोस्, बालीनाली राम्रो होस्, समयमा वर्षात होस्, जंगली जनावरको आक्रमणबाट बच्न प्रकृतीलाई पुजा गर्दै आएका छन् । जात्री हरेक वर्ष बैशाख २ गतेदेखि सुरु भई असार २ गते सम्म हुने गरेको छ ।

विज्ञप्तीको पुर्ण विवरण ।
मितिः २०७७र०१र२२

प्रेस विज्ञप्ती

विश्वका मानव समुदायलाई अहिले कोरोना भाईरसले त्रसित बनाएको छ । सधै व्यस्त रहने मानिसहरु अहिले लकडाउनका कारण कोठा भित्र बस्न बाध्य भएका छन् । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पनि ७५ जनालाई यो भाईरस लागेको छ भने १६ जना उपचार पछी घर फर्किएका छन् । बाँकीको उपचार भईरहेको छ । नेपालमा यो भाईरसले अहिलेसम्म सामान्यरुप मात्र लिएको छ । नेपाल जस्तो गरिब देशमा यो भाईरस फैलिए बिकरालरुप लिने पक्का छ । अमेरिका, बेलायत, ईटाली, स्पेन, चिन, फ्रान्स, जर्मनी जस्तो बिकसित देशहरुलाई कोरोना भाईरसले विक्षिप्त पारिसकेको छ । अन्य देशमा जस्तो नेपाल फैलिन नदिन नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि लकडाउन गरेको छ । नेपाल सरकारको अर्को निर्णय नआएसम्म २०७७ बैशाख २५ गतेसम्म लकडाउन रहनेछ । यो भाईरसले सबै क्षेत्रलाई प्रभाव पारेको छ । सबैले यो महामारी रोगबाट बच्नु र बचाउनुको अन्य विकल्प छैन् ।
धिमालहरुको मौलिक पर्व जातिरी तथा सिर्जातको लेटाङ नगरपालिका वडा नं. १ मा अवस्थित धिमाल राजारानीबाट बैशाख २ गते पुजा मात्र गरि सुरुवात गरिएको छ । धिमालहरुले यो पर्व महामारी रोगहरु नफैलियोस्, रोगव्याधीहरु नलागोस्, बालीनाली राम्रो होस्, समयमा वर्षात होस्, जंगली जनावरको आक्रमणबाट बच्न प्रकृतीलाई पुजा गर्ने चलन छ । कोरोना भाईरसको कारण यो वर्ष मेला नलगाई स्थानिय निकाय तथा स्थानिय प्रशासन सँग समन्वय गरि पुजा मात्र गर्न सम्पुर्ण मातहतका टोल समितिहरुलाई आग्रह गर्दछौं । साथै विश्व स्वस्थ्य संगठन र नेपाल सरकारले जारी गरेको निर्देशन सबैले पालना गर्न हाम्रो धिमालहरुको एक मात्र गौरवशाली संस्था धिमाल जातीय विकास केन्द्र, केन्द्रिय समिति हार्दिक अनुरोध गर्द

छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जात्री मेला नलगाउन टोल समितिलाई धिजाविकेको आग्रह" A few seconds ago

सम्बन्धित खवर