बेलबारी जेसिस शाखाद्दारा रक्तदान कार्यक्रम – Satabdi News

बेलबारी जेसिस शाखाद्दारा रक्तदान कार्यक्रम

बैशाख २१, बेलबारी । बेलबारी प्रहरी प्रशासन र स्थानीय नगरपालिकाको समन्वयमा बेलबारी जेसिस शाखाले रक्तदान कार्यक्रम गरेको छ । नेपालमा महिनौं दिन भन्दा लामो समयदेखि भैरहेको लकडाउनको कारण बिभिन्न अस्पतालहरुमा रगतको अभाब भएको हुनाले केहि हदसम्म रगतको मागलाई न्यूनीकरण गर्न जेसिस शाखाले रक्तदान गरेको हो ।

यो महामारीको समयमा सरकारले घरदेखी बाहिर नगई घरमै बस्न आग्रह गरेता पनि हामीले रक्तदान कार्यक्रम गरेका छौं । विशेष यो रक्तदान कार्यक्रम गर्नुको उद्देश्य भनेको हरेक अस्पतालमा रगतको अभाबलाई पुर्ती गर्न र लकडाउन खुल्ने बित्तिकै अत्याधिक रगतको आबस्यक पर्ने भएकोले रगत संचय गर्नको लागी रक्तदान कार्यक्रम गरिएको हो । बिहान ७ बजे देखि दिउसो २ बजे सम्म गरिने रक्तदान कार्यक्रममा २०० जनाले रक्तदान गर्ने अनुमान गरिएको कुरा बेलबारी जेसिस अध्यक्ष राजेश खत्रीले शताब्दी न्युजलाई बताए ।

बेलाबारी नगरको सेन्चुरी बैक अगाडि गरिएको रक्तदान कार्यक्रममा संकलन गरिएको सबै रगतहरु नेपाल रेडक्रस सोसाइटी बिराटनगरलाई दिने कुरा अध्यक्ष राजेश खत्रीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी जेसिस शाखाद्दारा रक्तदान कार्यक्रम" A few seconds ago

सम्बन्धित खवर