धिमाल जातिय विकास केन्द्र, काठमाण्डौद्वारा खाद्यान्न वितरण – Satabdi News

धिमाल जातिय विकास केन्द्र, काठमाण्डौद्वारा खाद्यान्न वितरण

काठमाण्डौ । लकडाउनको कारण समस्यामा परेका विद्यार्थी तथा मजदुरहरुलाई धिमाल जातिय विकास केन्द्र, काठमाण्डौ जिल्ला समितिले खाद्यान्न वितरण गरेको छ ।

शनिवार काठमाण्डौमा रहेका धिमाल समुदायका मजदुर तथा विद्यार्थीहरुलाई समितिले खाद्यान्न वितरण गरेको हो । समुदायका ३७ जना विद्यार्थी तथा मजदुरहरुलाई खाद्यान्न वितरण गरिएको धिमाल जातिय विकास केन्द्रका अध्यक्ष दानबहादुर धिमालले जानकारी दिनुभयो । समितिका पुर्व अध्यक्ष दिनेश धिमालको संयोजकत्वमा वितरण गरिएको राहतमा चामल, आलु, दाल, मस्यौरा, नुन, तेल प्रदान गरिएको थियो । करिब ५१ हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको धिमाल जातिय विकास केन्द्र, काठमाण्ठौ जिल्ला समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "धिमाल जातिय विकास केन्द्र, काठमाण्डौद्वारा खाद्..." A few seconds ago

सम्बन्धित खवर