जनता समाजवादीद्वारा उर्लाबारी नगरपालिकालाई सहयोग – Satabdi News

जनता समाजवादीद्वारा उर्लाबारी नगरपालिकालाई सहयोग

उर्लाबारी । जनता समाजवादी पार्टी, नेपाल उर्लाबारी नगर समितिले उर्लाबारी नगरपालिकालाई ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

सोमबार नगर समितिको टोली उर्लाबारी नगरपालिकाको कार्यालयमा पुगी सो सहयोग गरेको हो । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोलाई ५१ हजार १९ रुपैयाँ सहयोग गरेको नगर समितिका अध्यक्ष मातृका धिमालले जानकारी दिनुभयो । लकडाउनको कारण दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई समस्या रहेका कारण उनिहरुको समस्या समाधान गर्न आफुहरुले पनि नगरपालिकालाई सहयोग गरेको धिमालले बताउनुभयो ।

सो कार्यक्रममा जनता समाजवादि पार्टिका केन्द्रीय सदस्य बाङगाई धिमाल, संघीय परिषद सदस्य पुर्ण कुरुम्बाङ, प्रदेश नं. १ का सदस्य विशाल आङ्देम्बे, मनोहरि दाहाल, विद्यार्थी नेता योवाहाङ तुम्बाहाम्फे, युवा नेता दिपक न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जनता समाजवादीद्वारा उर्लाबारी नगरपालिकालाई सहयोग" A few seconds ago

सम्बन्धित खवर