सांसद अपहरण गर्नेलाई कारवाही माग गर्दै संयुक्त बिद्यार्थी संगठनको प्रेस विज्ञप्ति – Satabdi News

सांसद अपहरण गर्नेलाई कारवाही माग गर्दै संयुक्त बिद्यार्थी संगठनको प्रेस विज्ञप्ति

१३ बैशाख बेलबारी । सिङ्गो विश्व कोरोना भाईरस संक्रमणले आक्रान्त भएको अवस्थामा हाम्रो मुलुक पनि कोरोनाको कारण पुर्ण लकडाउन गरि ठप्प भएको समयमा राजनीतिक दल विभाजन गराउने योजना बनाई सांसद अपहरण गरिएको घटना सार्वजनिक हुनुले विश्वसामु सम्पुर्ण नेपालीको शिर निहुरिने अवस्था सृजना भएको छ ।

सबै राजनीतिक दल तथा सम्पुर्ण जनता एकतावद्ध भई कोरोना महामारी विरुद्ध लडिरहेको यस गम्भिर क्षणमा नेपाली राजनीतिलाई नै बदनाम गर्ने तथा लोकतन्त्रलाई कमजोर पार्ने यो अपराधिक तथा लज्जाजनक कार्यको हामी घोर भत्र्सना गर्दछौँ ।

सांसदलाई जबर्जस्ती मानसिक दवाबदिने अपराधिक कार्यमा संलग्न सम्पुर्णलाई कानूनी कारवाहीको दायरामा ल्याई हदैसम्मको कारवाही गर्न हामी सरकार सँग जोडदार माग गर्दछौँ ।
राजनीतिलाई विकृत बनाई नेपाली जनतालाई राजनितिक क्षेत्र प्रति नै वितृष्णा गराउने गरि घटाईएको यस अपहरण काण्डमा संलग्न रहेकाहरुलाई सरकारले कारवाही नगरे हामी आफैँ कारवाही गर्न बाध्य हुनेछौँ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सांसद अपहरण गर्नेलाई कारवाही माग गर्दै संयुक्त ..." A few seconds ago

सम्बन्धित खवर