रवि सेन्चुरी
कोरोना भाइरसको संक्रमणले विश्व अहिले त्राहिमान छ । दिन दिनै दुई गुणा रात चार गुणाले संक्रमण फैलिरहेको छ । ३१ डिसेम्बर चिनको बुहान प्रान्तमा देखा परे पश्च्यात हाल सम्म २१० भन्दा बढि राष्ट्रमा २० लाख बढि संक्रमित र लाखौ व्यक्तिले ज्यान गुमाइसकेका छन् । विश्व लगायत नेपालमा यसको असर प्रत्यक्ष परिरहेको छ । आज हरेक मानिस आफ्नो घर भित्र बस्न बाध्य छन् भने अन्य सयौं कि।मि पैदल यात्रा गरि आफ्नो घर जाना बाध्य छन् । नेपाल सरकारले चेत्र ११ गते देखि सुरु गरेको लकडाउन लम्बिएर वैशाख १५ गते सम्म पुगेको छ । अझ कति समय लम्बिने हो, यकिन साथ भन्न सकिने अवस्था छैन ।
लकडाउन पुर्व तयारी बिना गरिएको भएता पनि हामी सँग अरु कुनै दोस्रो विकल्प पनि थिएन । लकडाउनको उंल्घन गर्नु भनेको आफु र अन्य व्यक्तिको जिवनसँग खेलबाड गर्नु हो, तर केहि मानिस विभिन्न बाधा अवरोध छल्दै सपरिवार कष्टकर यात्रा गर्न बाध्य हुदैछन् । आज लकडाउन सँगै सुरक्षा र स्वास्थ्य निकाय बाहेकका संघसंस्था, कार्यलयहरु बन्द भएका छन् । लकडाउनका कारणले मानिसमा विस्तारै हतास र निरास छाउदैछ ।
कोरोना भाइरस संक्रमित ब्यक्तिको श्वासप्रस्वासका माध्यम द्धारा यो भाइरस याल, थुक र सिँगानका छिटाबाट सर्ने र ति संक्रमित ब्यक्तिको जिवाणु कारणवस कुनै वस्तुमा टासिन पुग्यो र अन्य ब्यक्तिमा कुनै माध्यबाट नाख, मुख वा आखा सम्म पुग्यो भने पनि ति ब्यक्तिहरु संक्रमित हुन्छन् । एक व्यक्तिले अन्य थुप्रैलाई संक्रमित बनाउन सक्छन् । तसर्थ एक ब्यक्तिबाट अन्य व्यक्तिमा संक्रमण नसरोस भनेर पनि हामी सबैले लकडाउनको पालन गर्न आवश्यक छ । तर दैनिकी समान किन्न पनि बाहिर निस्किन बाध्यता हामीमा छ । हुने खानेले त दैनिकी समान लगायत आवश्यक वस्तुहरु जसोतसो किनेका छन्, तर निम्न आय हुने वर्गको लागि परिस्थिति दिनप्रतिदिन गम्भिर र भयावह हुदैछ ।
जबसम्म कोरोना भाइरसको कुनै औषधी बन्दैन त्यतिन्जेल हामी सबै सचेत भई सोसियल डिस्टेन्ट कायम गरि बस्न आवश्यक छ, र यो बाध्यता पनि हो । लकडाउनमा बसिरहदा विस्तारै समाजमा यसको अन्य असरहरु देखिन थालेका छन् । जस्तो अत्यावश्यक वस्तुहरु, खाद्यान्न, औषधी, दैनिक प्रयोग हुने वस्तु र पैसाको अभाव हुदैछ । नेपाली समाज आर्थिक, समाजिक, राजनैतिक, जातिय, लैङ्गिक रुपमा स्थरीकरण गरिएको पाइन्छ । जसले गर्दा व्यक्ति व्यक्ति बिच ठुलो खाडल छ । आज विभिन्न नाममा समाज विभाजित छ । अझ धनी गरिब बिच त बढि नै हाइरार्कि छ । मुख्यतया आज निम्न आय हुने विपन्न वर्ग, मजदुर, श्रमिक, ज्यालादारी गरेर जिविका चलाउने वर्गमा बिस्तारै दैनिकी जिवन निर्वाहका निम्ति जटिल्ताहरु देखिदै छ । समाजमा रोगले भन्दा पनि भोक र अन्य समस्याहरुले मानिसहरु शारिरीक तथा मानसिक रुपले थल्लिन थालेका छन् । विभिन्न तथ्याङ्क तथा अनुसन्धानले नेपालमा ३० प्रतिशत जनसख्या गरिब रहेको देखाएका छन् । भोक र गरीबी विरुद्ध काम गर्ने जर्मनिको गैरसरकारी सस्था वेल्ट हङ्गर हिल्फ र आयरल्याान्डको कन्र्सन वल्डवाइडको विश्वव्यापी भोकमरी सम्बन्धी जारी गरेका प्रतिवेदन २०१९ का अनुसार विश्वको ११७ मुलुक माध्ये नेपाल ७३ औं स्थानमा छ । जलवायु परिवर्तनका कारणले खाद्य प्रणालीमा परेको असर, खाने मुख बढेको तर त्यस अनुरुप कृषि उत्पादन बढ्न नसकेका कारणले खाद्यवस्तुमा संकट बढेको उल्लेख गरेको छ । एकतिर विभिन्न कारणले खाद्य सङ्कट देखिएको छ भने यस कोरोना भाइरस र लकडाउनले अझ जोखिम बढाउने सकेत देखिएको छ ।
विभिन्न विज्ञहरुका अनुसार समयमा नै सहि कदम चाल्न नसक्ने हो भने नेपालमा पनि भोकमरी देखिने सम्भावना रहेको उल्लेख गरेका छन् । नेपालमा भुमिहिन, सुकुम्बासी र घरबारविहिन समुदायको जनसंख्या ठुलो मात्रमा रहेको छ । वर्तमान समयमा लकडाउन लम्बिदै जादा रोजगारीका विभिन्न क्षेत्रहरु जस्तो पर्यटक, होटल ब्यावसाय, यातायात, औद्योगिक, साना तथा घरेलु उद्योग व्यवसाय, कन्स्ट्क्सनका कामहरु, विद्यालय र वित्तीय क्षेत्रहरु प्रभावित भएका छन् । यस क्षेत्रमा कार्यरत कामदारहरु पछिल्लो समय कोरोनाका कारणले मानिसहरु घरमा बस्न बाध्य छन् । त्यस्तै गरि वैदेशिक रेमिट्यान्स पनि रोकिएको अवस्थामा छ ।
आज हजारौ नागरिक सिमा क्षेत्रमा थुनिन बाध्य छन् । त्यस्तै वैदेशिक भुमिमा अलपत्र गरेका खबरहरु आएका छन् । देश भित्रमा हजारौ मानिस लकडाउनको संकटले पैदल यात्रा गरि घर जान बाध्य छन् । उनीहरु संग न त बस्ने बास छ न त खाने खाद्यान्न, पिउने शुद्ध पानी, न त हात धुने साबुन, लगाउने सेनिटाइजर, न त माक्स नै छ । त्यस्तै घरमा भएहरुको पनि भएका समानहरु कतिका सकेका छन् भने कतिका सकिदै छन् । जसले गर्दा मानिसलाई रोग सग भन्दा पनि कसरी गुजरा चलाउने भन्ने विषयमा पिरोलो थपिदै छ ।
माया (नाम परिवर्तन) जो गर्भवति छिन्, उनि अरुको घरमा भाडामा बस्छिन । उनका श्रीमान अरु बेला समान्य ज्यालादारी गरेर दैनिकी चलाउथ्ये तर लकडाउनले गर्दा काममा जान पाएका छैनन । भएका पैसा सकिसक्यौं । कोठाको समान सकिन्न लागेको छ । जति जति समान सकिन थालेको छ, त्यति त्यति उनको मनका विभिन्न कुरा खेल्न थालेका छन् । त्यसमा घरबेटीले घर भाडा पनि मागेका छन् । सरकारले चैत महिनाको भाडा निलिने भनेको छ । भनौ बसेको कोठाबाट जा भन्ने हुन कि डर छ उनलाई ।
यस्तै समुन (नाम परिवर्तन) त्रिभुवन विश्वविधालयमा अध्ययनरत छन् । लकडाउनले गर्दा घर बाट पैसा आउन सकेको छैन । चिनेजानेका साथीहरु घर गएका छन् । पैसा छैन । भएका सामानले दुख सुख गुजरा चलाइरहेको बताउछन् । कति बेला ग्यास सकिने हो भने पिरले सताइरहेको बताउछन् । यस्तै मनोहर ९नाम परिवर्तन० पेशाले घर बनाउने कामदार हुन । उनको परिवारमा १२ जना सदस्य रहेका छन् । उनी र उनका जेठो छोराको भरमा घरको दैनिकी जसोतसो चलेको छ । अब कसरी चलाउने भन्ने पीर बढेको बताउछन् । आफ्नो नगरपालिकाले केहि खाद्यान्न दिएको तर त्यो खाद्यान्न अपुग भएको बताउछन् ।
जति जति लकडाउन बढ्दै जान्छ, त्यति त्यति निम्न आय भएका, अरु माथि आश्रित व्यक्ति, सिमान्तकृत, दलित, श्रमजिवि वर्गहरु पिडित हुने देखिन्छ । किन की यिनिहरुको आय स्रोत सिमित हुन्छ । साथै अपबाद बाहेक बचत पनि गरेका हुदैनन । यस्तो अवस्थामा केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानिह तहको ध्यान दिन जरुरी छ । आज विभिन्न स्थानिय तहले वितरण गरेको खाद्यान्न तथा राहत अपुग साथै गुणस्तरहीन हुनाले पिडित वर्गलाई अझ निरासा पारेको छ । त्यस्तै यातायात पुर्ण रुपमा बन्द हुर्दा सामानहरु एक जिल्लाबाट अर्को जिल्लामा जान सकिरहेको छैन ।
मान्छे बाच्नको लागि आहारको जरुरी पर्छ । स्वास्थ्य र पौष्टिक आहारले मान्छेलाई स्वस्थ्य र तन्दुरुस्त रहन मद्दत गर्छ । आज केहि स्थानीय तहले उदाहरणीय काम गरिहेका छन् । तर त्यो अपुग छ । अब के कति पिडित वर्ग छन्, उनीहरुको लागत लिएर सरकारले उचित नीति नियत बनाएर भोकमरीका निम्ति लड्न जरुरी छ । सरकार भनेकै जनतालाई आपत विपतमा बढी आवश्यक पर्छ । राज्यबाट जनताले संरक्षण पाउनु उनीहरुको अधिकार हो भने राज्यले जनतालाई आपत विपतमा सहयोग गर्नु उसको कर्तव्य हो ।