भक्तपुरको खरिपाटीमा राखिएको ९४ जनाको कोभिड १९ को रिपोर्ट नेगेटिभ – Satabdi News

भक्तपुरको खरिपाटीमा राखिएको ९४ जनाको कोभिड १९ को रिपोर्ट नेगेटिभ

चैत २४, बेलबारी । भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका ९४ जनाको कोरोना भाइरस संक्रमणको रिपोर्ट नगेटिभ आएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले खरिपाटी क्वारेन्टाइनमा रहेका सबैको रिपोर्ट नेगेटिभ आएको बताएका छन् ।

शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विभिन्न मुलुकबाट आई क्वारेन्टाइनमा बसेका ९४ जनाको थ्रोट स्वाब संकलन गरेको थियो । यसअघि चीनको बुहानबाट उद्धार गरिएका १ सय ७५ जना विद्यार्थीलाई खरीपाटी क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुमा पनि कोरोना संक्रमण देखिएको थिएन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भक्तपुरको खरिपाटीमा राखिएको ९४ जनाको कोभिड १९ क..." A few seconds ago

सम्बन्धित खवर