२३ चैत, बेलबारी । करोना भाईरसको संङकमण संगै देशमा लकडाउन हुदा दैनिक गुजारा चलाउने गरीब परिवारहरुलाई मध्यनजर गर्दै बेलबारी नगरपालिकाले आईतबार देखि राहत वितरण गर्ने भएको छ ।
शनिबार बसेको कोरोना रोग रोकथाम बेलबारी नगर समन्वय समितिको बैठकले आइतवार देखि राहत वितरण गर्ने निर्णय गरेको हो ।
पहिलो चरणमा वडा नं ७ देखि राहत वितरण गरिने कोरोना रोग रोकथाम बेलबारी नगर समन्वय समितिका संयोजक तथा बेलबारी नगरपालिकका मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।
वडा नम्बर २,३,६,७,१० र ११ मा आइतवार र अन्य वडामा सोमबार राहत वितरण गरीने उनले बताए ।
मेयर सुवेदीका अनुसार
- वडा नम्बर २ मा ३ सय २१,
- वडा नम्बर ३ मा २ सय ८६,
- वडा नम्बर ६ मा २ सय ६९,
- वडा नम्बर ७ मा २ सय ६२
- वडा नम्बर १० मा ३ सय र
- वडा नम्बर ११ मा २ सय ५३
परिवारलाई राहत वितरण गरिने पनि उनले बताए ।