लकडाउन थप कडा ; एक स्थानीय तहबाट अर्को स्थानीय तह जान नपाउने – Satabdi News

लकडाउन थप कडा ; एक स्थानीय तहबाट अर्को स्थानीय तह जान नपाउने

२२ चैत, काठमाडौं । सरकारले एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नपाउने निर्णय गर्दै लकडाउनमा थप कडाइ गर्ने भएको छ ।

आज शनिबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।

कोरोना भाइरसको जोखिम कम गर्न सरकारले चैत ११ गते देखि मुलुकभर लकडाउन गरिरहेको छ । पहिलो चरण अन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गतेसम्म लम्ब्याइएको हो ।

प्रवक्ता युवराज खतिवडाले लकडाउनको समय थप गर्नेबारे अर्को बैठकमा निर्णय हुने जानकारी दिनु भएको छ । सुदुरपश्चिमको कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस .(कोभिड–१९ं) को र्‍यापिड टेष्ट गर्ने पनि निर्णय समेत बताउनुभएको छ ।

सरकारले स्वास्थ्यकर्मीलाई बिमा, प्रोत्साहन भत्तासँगै स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाका उपकरण प्रोटोकलका आधारमा उपलब्ध गराउने निर्णय गर्दै स्वास्थ्यकर्मीको सुरक्षामा आँच पुर्‍याउन खोज्नेलाई कानुन बमोजिम कडा कारबाही गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लकडाउन थप कडा ; एक स्थानीय तहबाट अर्को स्थानीय ..." A few seconds ago

सम्बन्धित खवर