१६ चैत, बेलबारी । सरकारले बिश्व ब्यापी रुपमा फैलिएको महामारी रोग कोरोना भाइरसको संक्रमण नेपालमा पनि भेटिएको पुस्टि लगत्तै संक्रमण बढ्न नदिन सरकारले लकडाउनको घोषण गरेको छ । यस लकडाउनको समयमा नेपाली काँग्रेस बेलबारी १ वडा समितिले शनिबार वडा भित्रका बिपन्न र गरिब ८० परिवारलाई राहत बितरण गरेको छ ।
सरकारले लकडाउन तोकेको एक साता बितिसक्दा पनि बेलबारी नगरपालिका भित्रका दैनिक जिविको पार्जन गर्न कठिन अवस्थाका नागरिकहरुलाई नगरपालिकाले कुनै राहत बितरण नगरी रमिता मात्रै हेर्ने गरेको आरोप लगाउँदै टोल बिकास समितिले छनौट गरेका अति विपन्न र गरिब ८० घर परिवारलाई १० केजी चामल, चिउरा १ केजी, तेल १ लिटर, साबुन १ डल्ला, दाल १ केजी, नुन १ केजी लगायतका अत्यावश्यक सामाग्रीहरु वितरण गरिएको वडा सभापति बाबुराम श्रेष्ठले सताब्दी न्युजलाई जानकारी दिए ।
बेलबारी वडा न १ का सभापति बाबुराम श्रेष्ठको संयोजकत्वमा राहत वितरण कार्यकम सम्पन्न भएको थियो भने उक्त कार्यक्रममा क्षेत्रिय सदस्य केदार अधिकारी, युवा नेता राजेशजंग कार्की, रेख ब तामाङ्ग , मणि पुलामि मगर लगायतको उपस्थिति रहेको थियो ।