बिदेशबाट आएको घरमा रातो झन्डा देखाउने – Satabdi News

बिदेशबाट आएको घरमा रातो झन्डा देखाउने

चैत १६, बेलबारी । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा विदेशबाट आएका व्यक्तिको घरमा रातो झण्डा राखिने भएको छ । प्रत्येक वडामा रहेका महिला स्वास्थ्य स्वयंसेविका तथा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत सोमबारदेखि रातो झण्डा राख्न लागिएको हो ।
भारत वा अन्य मुलुकबाट आएका व्यक्तिमा कोरोना संक्रमणमा उच्च जोखिम रहने भएकाले उनीहरुको पहिचानका लागि रातो झण्डा राख्न लागिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए । “झण्डा राखिएको घरमा कोही पनि नजाने र गाउँपालिकाको समूह अनुगमनमा जाँदा पनि सहज होस् भनेर झण्डा राख्ने निर्णय गरेका हौँ”, उनले भने, “यसबाट अन्य तथ्यांक संकलनमा पनि सहज हुनेछ।”
गाउँपालिकाले १८० घरमा रातो झण्डा राख्दैछ । गाउँपालिकामा कुल ८३ स्वास्थ्य स्वयंसेविका रहेका छन् । अबको एक हप्ता उनीहरुलाई खाजाको व्यवस्था गरेर परिचालित गरिनेछ । अब स्वास्थ्य स्वयंसेविकाले वडा र सम्बन्धित वडाका स्वास्थ्य संस्थामा जानकारी गराउनेछन् । वडा र स्वास्थ्य संस्थाले गाउँपालिकाको स्वास्थ्य शाखामा जानकारी गराउने निर्णय गरिएको स्वास्थ्य संयोजक अर्यालले जानकारी दिए ।
रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बिदेशबाट आएको घरमा रातो झन्डा देखाउने" A few seconds ago

सम्बन्धित खवर