पथरीमा बस्दै आएको ताप्लेजुङको थेबे सहित एक व्यक्ति क्वारेन्टाइनमा – Satabdi News

पथरीमा बस्दै आएको ताप्लेजुङको थेबे सहित एक व्यक्ति क्वारेन्टाइनमा

१२ चैत, पथरी । गत चैत ४ गते फ्रान्सबाट दोहा कतारमा ट्रान्जिट भएर कतार एयरवेजको क्य आर ६५२ उडान मार्फत नेपाल आएकी १९ वर्यीया युवतीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि सरकारले उनीसँगै यात्रा गर्नेको खोजी गरि रहेको समयामा पथरीशनिश्चरेमा अर्का एक ब्याक्ती अर्का एक ब्याक्ती सम्पर्कमा आएका छन ।

 

ताप्लेजुङ घर भएका थेवे आफु पनि सोहि समय सोहि प्लेनमा आएको पथरीशपनश्चरे १ का वडाध्यक्षल बाबुराम एङदेनलाई बताए पछि उनलाई क्वारेन्टाइनमा पढाईएको छ । फ्रान्सबाट काठमाडौ आएकी युवतीको काठमाडौंको टेकुमा उपचार भइरहेको समचार आए पछि थेबे आफ्नो सम्पर्कमा आएको पथरीशनिश्चरे १ का वडाध्यक्ष बाबुराम एङदेनले बताए । कतारबाट सोही उडानमा आएका २८ वर्षीय थेवे काठमाडौको सदिक्षा गेष्ट हाउसमा एक दिन बसि चैत ६ गते पथरीशनिश्चरे आएका थिए ।

 

६ गते देखि बहिनी ज्वाईकोमा बस्दै आएका थेबेलाई स्वास्थ्य परीक्षणको लागि मोरङको टाडीमा नेपाल आर्मीले तयार पारेको क्वारेनटाइनमा पठाइएको छ । उनको घर ताप्लेजुङ भए पनि पथरीमा बहिनी ज्वाइँको घरमा बस्दै आएका थिए । उनमा विरामीको कुनै लक्षण नदेखिए पनि परिक्षण गरी ठुक्क हुन क्वारेनटाइनमा गएका हुन । सोहि प्लेनमा आएका पथरीशनिश्चरे ६ का धिमाललाई पनि हिजै चैत ११ गते क्वारेनटाइनमा पढाईएको थियो । दुवैलाई विरामीको खास लक्षण नदेखिए पनि पथरी परिक्षणका लागि पढाईएको हो ।

 

हाल सो प्लेनबाट पथरीशनिश्चरे आउने २ जना भेटिए भने पथरीशनिश्चरे आसपासका पालिकामा समेत भारतबाट आएका अन्यमा कोरोना संक्रमणको लक्षण देखिए पछि क्वारेनटाईनमा जाने क्रम बढ्दै गएको छ । त्यसैगरी मोरङकै कानेपोखरी ५ बाट दुई जनालाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आजै पठाइएको छ ।

उनीहरु चैत ७ गते अष्ट्रेलियाबाट नेपाल आएका थिए । अष्ट्रेलियाबाट आएका ५९ वर्षका पतिपत्नीलाई ज्वरो आएपछि परीक्षणको लागि धरान पठाइएको हो ।

साईनोखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पथरीमा बस्दै आएको ताप्लेजुङको थेबे सहित एक व्यक..." A few seconds ago

सम्बन्धित खवर