१२ चैत्र, धरान । कोरोना भाईरस संक्रमणको आशंकामा १३ जनालाई बि.पि कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ परिक्षण गराएको छन् ।
स्वास्थ परिक्षण गराउनेमा कारोना संक्रमित युवती संगै आएको आएको ३ जना, ईटहरीबाट १ जना, लाहानबाट १ जना, भारतीय बिधार्थी २ जना, दिल्लीबाट आएको १ जना, केरलाकाट आएको २ जना र चिनिया नागरिक १ जना गरि १३ जना आईपुगिको स्वास्थ बिज्ञान प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार ५ जना आईसोशनमा र बाकी ८ जना मोरङको टाडीको क्वारेनटाईनमा राखिएको छ । सरकारले प्रदेश १ को कोरोनाको परीषण धरानमै गर्ने निर्णय गरेको छ । यो निर्णय कार्यनयनमा आउनलाई केही समय लाग्ने छ ।