१२ चैत, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा)का संघीय सांसदहरूले १५ दिनको पारिश्रमिक सरकारी कोषमा जम्मा गर्ने भएका छन् ।
राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूलाई १५ दिनको पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
उक्त निर्देशन अनुसार सांसदहरूको १५ दिनको पारिश्रमिक संसद सचिवालयले सोझै कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने राजपाका महासचिव केशव झाले जानकारी दिए ।