१० चैत, झापा । आईसोलेशन वाड निर्माण नभएको भन्दै नेविसंघ कमल गा।पा सभापति जितेन साम्पाङ सहितको टोलीले आज कमल गाउपालिकाको उपमेयर बेनु सिवाकोटीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
विश्वव्यापी रुपमा फैलिरहेको विनासकारी नोबेल कोरोना भाईरस (COVID-19) सङ्क्रमणले आतंकित पारिरहेको बेलामा कमल गाउपालिकामा आईसोलेशन वाड र क्वारेन्टाइन निर्माण नहुदा समस्या हुन सक्ने भन्दै नेविसंघले गाउँपालिकालाई ध्यानाकर्षण गराएको हो ।
ध्यानाकर्षण पत्र बुझदै उपप्रमुख बेनु सिवाकोटीले कोरोना भाईरसको संङकमण फैलिन नदिनको लागि हामी गाउपालिकाबाट गर्नु पर्ने सबै कुरा गर्न तयार रहेको जनाए ।