१० चैत, काठमाडौं । सरकारले फ्रान्सबाट गत मंगलबार मात्र नेपाल आएका एक नेपालीमा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।
आज (सोमबार) स्वास्थ्य मन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गरी उक्त सूचना दिएको हो ।
ती व्यक्तिसँग सम्पर्कमा रहेकाहरुलाई हाल क्वारेन्टायनमा राखिएको मन्त्रालयले जनाएको छ । ती व्यक्ति १९ वर्षकी महिला हुन् । उनी विद्यार्थी हुन् ।