
एजेन्सी । म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर मरुआन फेलाइनीलाई कोरोना भाइरसको संक्रमण भएको छ। फेलाइनी ट्वीटरमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका हुन्। ३२ वर्षे फेलैनी हाल चीनको एसहान्दोङ एलयुनाङबाट व्यवसायिक फुटबल खेल्ने गर्छन्। संक्रमित उनले छिट्टै खेलमा फर्किने आशा व्यक्त गरेका छन्। ‘यस अवधिमा खेलाडीको शारिरिक तापक्रम सामान्य रहेको थियो र अन्य कुनै अप्ठ्यारो भेटिएको थिएन। उनले तोकिएको स्वास्थ्य संस्थाबाट थप निगरानी र उपचार पाएका छन्’, विज्ञप्तिमा भनिएको छ।