कोरोना भाईरसको भ्रमपुर्ण अडियो रेकड गरि फैलाएको एक युवा प्रक्राउ – Satabdi News

कोरोना भाईरसको भ्रमपुर्ण अडियो रेकड गरि फैलाएको एक युवा प्रक्राउ

८ चैत, काठमाडौँ । कोरोना भाइरसको महामारीबारे भ्रमपुर्ण अडियो रेकड गरि सामाजिक सञ्जाल मार्फत भाईरल गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

रामेछाप घर भई हाल भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो।

पक्राउ परेका मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्‍ने सूचना त्यहीं कार्यरत चिकित्सकले बताएको भन्दै भिडियो क्लिप सेयर गरेका थिए। उनले नर्भिकमा मात्र नभई त्रिवि शिक्षण अस्पतालमा पनि कोरोनाबाट संक्रमित केही व्यक्तिको मृत्यु भइसकेको भ्रमपूर्ण अडियो रेकर्ड गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोना भाईरसको भ्रमपुर्ण अडियो रेकड गरि फैलाएको..." A few seconds ago

सम्बन्धित खवर