७ चैत, बेलबारी। बेलबारी नगरपालिकाका आईटी अफिसर मनिस सुवेदी लागुपदार्थ सेवन गरी सुधार गृहमा राखिएको छ ।
सुचना प्रविधी अधिकृत सुवेदीलाई १५ दिन अघि सुधार गृहमा ल्याइएको आसरा सुधार केन्द्रको सहि गणेश श्रेष्ठले बताए । सुधार गृहमा राखिएका सुवेदीलाई बेलबारी नगरपालिकाले महिना दिनको विदा दिएको थियो । सुवेदी बेलबारी नगरपालिकामा डेढ वर्ष अघि करार कर्मचारीको रुपमा नियुक्ती भएका थिए । सुवेदी बेलबारी नगरपालिका वडा नं ३ का स्थाई बासिन्दा हुन ।