सरकारले कलेज र विधालय बन्द गर्ने निर्णय – Satabdi News

सरकारले कलेज र विधालय बन्द गर्ने निर्णय

५ चैत्र, काठमाडौं । कोरोना भाईरसको कारणले त्रास फैलिरहेको संगै सरकारले चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ ।
रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले बुधबार चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
आधारभूत विद्यालय पनि बन्द गर्ने साथै चैत ६ गतेबाट हुन लागिरहेको एसईई परीक्षा भने हेल्थ डेस्क राखेर मर्यादित र जोखिम न्यूनीकरणको गर्दै परीक्षा संचालन गर्ने निर्णय गरेको हो ।
कक्षा ११ र १२, स्नातक, स्नातकोत्तर लगायतका परिक्षा के हुने भन्नेबारे चाहिँ निर्णयमा उल्लेख गरिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सरकारले कलेज र विधालय बन्द गर्ने निर्णय" A few seconds ago

सम्बन्धित खवर