अब हराएको मोबाइल सजिलै भट्न सकिनेछ – Satabdi News

अब हराएको मोबाइल सजिलै भट्न सकिनेछ

बेलबारी। के तपाई मोबाइल हराएर भौतारिरहनु भएको छ । अब चिन्ता निलनोस् निवदेन दिएको भरमा तपाईको मोबाइल ७ दिनमा हात लाग्छ । नेपाल दूरसंचार प्राधिकरणले अनलाइनमार्फत मोबाइलको आइएमइआइ नम्बर दर्ता गर्न र हराएको मोबाइल खोज्न सकिने सेवा सुरु गरेको हो ।
विदेशबाट ल्याएका मोबाइलको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टीटी ‘आइएमइआइ’ दर्ता गर्न र मोबाइल चोरी भएका पत्ता लगाउन प्राधिकरणले २ बर्ष देखि यो सेवा जारी राखेको छ। मोबाइल हराएको आवेदन प्राप्त भए पछि प्राधिकरणले नेपाल टेलिकम, एनसेल लगायतका सेवा प्रदायक कम्पनी र नेपाल प्रहरीसँगको सहकार्यमा मोबाइल खोजिने गरेको छ ।
अनलाइन रजिष्ट्रर गरेपछि प्राधिकरणले सेवा प्रदायक कम्पनीसँग कल डिटेल लिन्छ। त्यही कल डिटेल प्रहरीलार्इ दिएपछि मोबाइल खोजी सुरु हुन्छ । अनलाइनमार्फत आइएमइआइ नम्बर दर्ता गर्ने बिक्रेता ३० र व्यक्तिगत भने २ सय १० पुगेको छ। ग्राहकले मोबाइल हराएपछि eir.nta.gov.np वेबसाइटमा दर्ता गर्न सक्ने प्राधिकरणले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अब हराएको मोबाइल सजिलै भट्न सकिनेछ" A few seconds ago

सम्बन्धित खवर