४ चैत्र, काभ्रे । सोमबार दिउसो टिपरको ठक्करबाट आमा, छोरीको मृत्यु भएपछि काभ्रेको पनौती मंगलबार बिहानैदेखि तनाबग्रस्त बनेको छ । स्थिति नियन्त्रण बाहिर जाने देखेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले कर्फ्यू आदेश जारी गरेको छ ।
बिहान ९ बजेदेखि लागु हुने गरी पनौती बजारमा अर्काे आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सेनाले जानकारी दिए ।