भारतद्वारा नेपालको चार नाका बाहेक सबै नाका बन्द – Satabdi News

भारतद्वारा नेपालको चार नाका बाहेक सबै नाका बन्द

२ चैत्र बेलबारी : नेपाल तर्फका चार वटा नाका बाहेक आज देखि केही समयको लागि बन्द गरेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्ने भन्दै भारतले नेपालसँग जोडिएको चारवटा नाका बाहेक सबै नाका बन्द गरेको हो ।
नेपाल भारत जोड्ने नाकाहरु मध्ये पुर्व तर्फको कांकडभिट्टाको रानिगन्ज, वीरगञ्जस्थित रक्सौल, भैरहवास्थित सुनौली, महेन्द्रनगरस्थित वनवासा नाका मात्रै खुल्ला राखिएको भारतको गह मन्त्रालयले जनाएको छ ।
भारतको पछिल्लो निर्णयले विराटनगर र नेपालगञ्ज नाकावाट आवतजावत गर्नेलाई बढी समस्या हुने देखिएपछि नेपाल सरकारले खुल्ला राख्न भारतलाई आग्रह गरेको छ । यि दुई नाका नेपाल र भारतबीचका प्रमुख नाका मानिन्छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भारतद्वारा नेपालको चार नाका बाहेक सबै नाका बन्द" A few seconds ago

सम्बन्धित खवर