२ चैत्र, काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधी धादिङका हिमेश पन्तले जितेका छन् । आज साँझ सम्पन्न भएको फाइनलमा सुनसरीका सुमन कोइराला र रोल्पाका खड्ग बहादुर पुनलाई पछि पार्दै धादिङका हिमेशले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन् ।
विभिन्न चरण हुँदै खड्गबहादुर पुन मगर, सुमन कोइराला,र हिमेश पन्त फाईनल आउण्डमा पुगेका थिए।
यसअघिको शृंखलाबाट निर्णायकले पन्तलाई फाइनलका लागि छानेको भएपनि मगर र कोइराला भने भोटबाट छानिएका हुन्। सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट शोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन्। हिमेशले उपाधी चुमेसंगै २५ लाख नगदका साथै कार हात पारेका छन्।
हिमेश पन्त बिजयको घोषणा गरेको केहि क्षणमा आयोजकहरु प्रती बिरोध गरिएको थियो । १२ बजे सम्म भोटिङको ब्यबस्था भए पनि ४ घन्टा समय थपिएको कुनै जानकारी नगराई षड्यन्त्रपुर्बक हिमेशलाई बिजेता घोषणा गरेकोले बिरोध गरेका थिए । उपाधि जितेको कलाकार माथिको बिरोध नभई दिउसो १२ बजे सम्मको भोटलाई सार्बजनिक नगरि षड्यन्त्रपुर्बक ४ घन्टा समय थपिएर पन्तलाई बिजय भनाएको आरोप लगाउदै कार्यक्रमको आयोजक प्रती बिरोध भएको थियो ।