राई बिधार्थी संघका नेता इन्द्रहाङ राई बलत्कार मुद्दामा ८ बर्ष ६ महिना कैद – Satabdi News

राई बिधार्थी संघका नेता इन्द्रहाङ राई बलत्कार मुद्दामा ८ बर्ष ६ महिना कैद

३० फागुन, काठमाडौँ । काठमाडौ जिल्ला अदालतले आज पुर्व अनेरास्ववियुका नेता इन्द्रहाङ राईलाई ८ बर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
गएको तिहारमा देउसी खेल्न बोलाएर एक युवतीलाई राईले बलात्कार गरेको थियो । काठमाडौका जिल्ला अदालतले न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राईलाई दोषी ठहर गरेको थियो ।
सोही अनुसार बिहीबार कैद सजाय निर्धारण गरेको काठमाडौ जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए ।
त्यस्तै राईमाथि १ लाख ५० हजार क्षतिपुर्ति भराउन पनि आदेशमा भनिएको छ । उनी जितेन राई नेतृत्वको किरात राई बिधार्थी संघको केन्द्रीय सदस्य पनि हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "राई बिधार्थी संघका नेता इन्द्रहाङ राई बलत्कार म..." A few seconds ago

सम्बन्धित खवर