गोरखा सैनिकमाथिको विभेद ; गेसो आन्दोलनबारे धरानमा जानकारीसभा सम्पन्न – Satabdi News

गोरखा सैनिकमाथिको विभेद ; गेसो आन्दोलनबारे धरानमा जानकारीसभा सम्पन्न

२४ फागुन, धरान । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले गोरखा सैनिकहरुमाथि भइरहेको विभेद र शोषणविरुद्धको आन्दोलनबारे शुक्रबार धरानमा एक कार्यक्रमको आयोजना गरी जानकारी गराएको छ । गेसो आन्दोलनको पछिल्लो प्रगतिबारे देशभरि जानकारी सभा गर्दैछ ।

शुक्रबार धरानको सैनिक भवनमा आयोजित कार्यक्रममा गेसोका सभापति कृष्णकुमार राईले गेसो आन्दोलनका युद्धबन्दीहरुलाई क्षतिपूर्ति, कार्यरतहरुलाई समान पेन्सन, आवासीय भिसा लगायत उपलब्धि भए पनि सेवा निवृत्त भूपू गोरखाहरुको पेन्सन लगायत सुविधाहरुको माग सम्बोधन नभएको र सोका लागि आन्दोलन जारी रहेको बताए ।

२८ मार्च २०१७ मा गेसो र सत्याग्रह संयुक्त संघर्ष समितिबिच एकता भएको सो लगत्तै २९ मार्च २०१७ मा बेलायत सरकार भूपु गोरखा सैनिकहरुको समस्या अध्ययन गर्न प्रविधिक समिति गठन गर्न सहमत भएको सभापति राईले स्मरण गरे ।

उनले बेलायत सरकार, नेपाल सरकार (लण्डनस्थित नेपाली दुतावास) र गोरखाहरुको प्रतिनिधिहरुबिचको छलफलबाट उक्त सहमति भएको बताए ।

सोपछि त्रिपक्षीय प्राविधिक समितिले तयार पारेको प्रतिवेदन २२ मार्च २०१८ मा बेलायत सरकार र नेपाल सरकारलाई बुझाइएको भए पनि ७ मार्च २०१९ मा बेलायत सरकारले एकतर्फी रुपमा गोरखाहरुका लागि प्याकेज घोषणा गरेको र उक्त प्याकेजप्रति आफूहरुको असहति रहेको सभापति राईले बताए ।

उनले प्राविधिक समितिले तयार पारेको प्रतिवेदनको जगमा बेलायत सरकार, नेपाल सरकार र गोरखाहरुका प्रतिनिधिहरुबिच संवाद जारी हुनुपर्ने आफूहरुको माग रहेको बताए ।

यस विषयमा गेसोले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत सरोकारवाला सबैलाई जानकारी गराएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गोरखा सैनिकमाथिको विभेद ; गेसो आन्दोलनबारे धरान..." A few seconds ago

सम्बन्धित खवर