प्रेस नेपाल, लिम्बुवान समितिकाे अध्यक्षमा अजित – Satabdi News

प्रेस नेपाल, लिम्बुवान समितिकाे अध्यक्षमा अजित

धरान । प्रेस नेपाल, लिम्बुवान समितिकाे तदर्थ समिति गठन भएकाे छ ।

बिहिबार धरानमा अायाेजित भेलाले प्रेस नेपाल, लिम्बुवान तदर्थ समिति गठन भएकाे हाे । समितिकाे अध्यक्षमा अजितकुमार धिमाल, उपाध्यक्षमा नामहाङ अाङथुप्पाे, सचिवमा निमा पाेङस्युवा, सह सचिवमा डिल्लीश्वर मुसाहाङ र काेषाध्यक्षमा सन्जु अाठपहरिया रहेका छन् । त्यस्तै सदस्यहरुमा दिपेश ईशारा राई, नरेश विक, नरेन याक्खा, पदम दुखी सम्बाहाम्फे, पवनलाल मेचे रहेका छन् । कार्यक्रममा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम, सल्लाहकार बाङ्दी लामा, उपाध्यक्ष जेन्टल लावती, समाजवादी पार्टि धरान उपमहानगरपालिकाका अध्यक्ष ताजुब लिम्बू, उपाध्यक्ष कृष्णकुमार राई, काेषाध्यक्ष लक्ष्मी राई, किरात राष्ट्रिय समितिका सदस्य शुभचन्द्र राई, समाजवादी साँस्कृतिक महासंघ, लिम्बुवान समितिका संयाेजक कुमार प्रधान, समाजवादी विद्यार्थी युनियन, महेन्द्र बहुमुखी क्याम्पस धरानका अध्यक्ष उदिप लावती लगायतकाे उपस्थिती रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रेस नेपाल, लिम्बुवान समितिकाे अध्यक्षमा अजित" A few seconds ago

सम्बन्धित खवर