धनकुटा । समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समिती अन्तर्गत आठपहरिया स्वायत्त क्षेत्र समिती जितेन्द्र आठपहरियाको अध्यक्षतामा तदर्थ समिती गठन भएको छ ।
धनकुटा स्थित पार्टि कार्यालयमा बुधबार भएको भेलाले जितेन्द्र आठपहरियाको अध्यक्षतामा आठपहरिया स्वायत्त क्षेत्र समिति गठन भएको हो । त्यस्तै समितिको उपाध्यक्षमा अमर आठपहरिया, सचिवमा सोनिका आठपहरिया, सह सचिवमा सन्सारबहादुर आठपहरिया र कोषाध्यक्षमा जानुका आठपहरिया रहनु भएको छ । त्यस्तै सदस्यहरुमा सन्जीव आठपहरिया, सन्जोक आठपहरिया, हेमराम आठपहरिया, साजन आठपहरिया, रविन आठपहरिया, प्रदिप आठपहरिया, कुशल आठपहरिया, सुमन आठपहरिया, सरोज आठपहरिया, भिमकुमारी आठपहरिया, देवेन्द्र आठपहरिया, अर्जुन आठपहरिया रहनु भएको छ । समाजवादी पार्टिका केन्द्रिय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य दिपक मेन्याङबो, लिम्बुवान राष्ट्रिय समितीका मुख्य सचिव केदार धिमाल, सचिवालय सदस्य कृष्ण लिम्बू, पार्वती राई, समाजवादी पार्टि धनकुटा जिल्ला समन्वय समितीका अध्यक्ष बलबहादुर राई, सचिव नगेन्द्र देवान लगायतको उपस्थिती रहेको थियो ।