गोकुल बाँस्कोटाको घुस काण्डको समचार नयाँ पत्रिकाले छाप्न नमानेपछि पत्रकारले दिए राजिनामा – Satabdi News

गोकुल बाँस्कोटाको घुस काण्डको समचार नयाँ पत्रिकाले छाप्न नमानेपछि पत्रकारले दिए राजिनामा

काठमाडौं– सरकारका प्रवक्ता तथा संचारमन्त्री गोकुल बाँस्कोटाको घुस काण्डको समचार छाप्न नमानेपछि नयाँ पत्रिका दैनिकका पत्रकारले राजिनामा दिएका छन्।

नयाँ पत्रीका दैनिकका पत्रकार पुष्प ढुंगानाले बास्कोटाले कमिसनका लागि डिल गरेको अडियो टेप बाहिरिदाँ पनि समाचार लेखेर पत्रिकाले छाप्न तयार नभएपछि पदबाट राजिनामा दिएका छन् ।

सामाजिक संजालमा एक पोष्ट लेख्दै पत्रकार ढुंगानाले भनेका छन्, ‘मेरो पत्रकारितामा निकै नमिठो अनुभव, मन्त्रीको कमिशन अडियो पेश हुँदासम्म समाचार बनाउन सकिएन ।

ग्लानी यो अर्थमा कि मैले कसका लागि पत्रकारिता गर्दैछु ? खरदारले सय रूपैया घुस खाएको समाचार लेखेर मन्त्रीको अनियमितता लुकाउन सकिँदैन । त्यसकारण पत्रकारिताको यात्रामा ब्रेक लगाएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गोकुल बाँस्कोटाको घुस काण्डको समचार नयाँ पत्रिक..." A few seconds ago

सम्बन्धित खवर