पथरी । लिम्बुवान, किराँत संयुक्त संघर्ष समिति मोरङको संयोजकमा मातृका धिमाल चयन हुनु भएको छ ।
मंगलबार पथरीमा भएको भेलाले धिमाललाई संयोजकमा चयन गरेको हो । समाजवादी पार्टि निकट लिम्बुवान राष्ट्रिय समितिका सचिवालय सदस्य रहेका धिमाल लिम्बुवान आन्दोलनमा लामो समय देखि सकृय छन् । त्यस्तै भेलाले सदस्य सचिवमा योवाहाङ लिम्बुलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा दिलु लिङ्देन लावती, सुमन योङहाङ, जीवन खेवा, राज खिम्दिङ, बरुण लाबुङ, बलिहाङ लिम्बू, महेन्द्र मिभक, बमबहादुर लिम्बू, नरेन्द्र पारघरी, अजित धिमाल, आशिस गुरुङ, विजय धिमाल, नारायण धिमाल लगायत २५ सदस्यीय समिति रहेका छन् । भेलामा नेपाल आदिवासी जनजाति महासंघ, प्रदेश नं. १ का अध्यक्ष ध्रुव मेन्याङबो, संघीय लिम्बुवान मन्च, नेपालका महासचिव अशोक चेम्जोङ, किराँती राष्ट्रिय मुक्ती मोर्चाका महासचिव अर्जुन जम्नेली राई लगायतको उपस्थिति रहेको थियो । प्रदेश नं. १ को नाम लिम्बुवान, किराँत हुनु पर्ने माग गर्दै संघर्ष समिति आन्दोलित छ ।