मानबिकी संकाय सुकुनाका बिद्यार्थीद्वारा शैक्षिक भ्रमण – Satabdi News

मानबिकी संकाय सुकुनाका बिद्यार्थीद्वारा शैक्षिक भ्रमण

मोरङ,बेलबारी । शैक्षिक सिकाइलाई उपलब्धिमूलक बनाउन सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैचाका मानविकी संकाय पहिलो, दोस्रो, तेस्रो बर्षको सयुक्त आयोजनामा २ दिने अध्ययन तथा अवोलकन भ्रमण तथा नेपाल भ्रमण बर्स २०२० लाई  सफल बनाउने उद्देश्यका साथ    संम्पन्न भएको छ।

प्रसिद्ध धार्मिक , पर्यटकीय स्थल तथा लाप्चा जातीको सांस्कृतिक, आर्थिक, शैक्षिक अवस्थाको अध्ययन एवं अवलोकनका लागि इलाम जिल्लाका बिभिन्न स्थानमा भ्रमण गरिएको थियो ।

शैक्षिक भ्रमण टोलीमा संलग्न शिक्षक तथा विद्यार्थीहरुले अन्तु डाँडा , पाथिभरा, कन्याम लगायत विभिन्न धार्मिक तथा पर्यटकीय स्थल साथै इलाम जिल्ला श्रीअन्तु वडा नं २ अवस्थित श्री जनक उच्च माध्यमिक बिधालयका प्रधानाध्यापक बिनु भक्त खनाल लगायत शिक्षकहरु संग भ्रमण टोलिले श्रिष्टचार भेटघाट तथा अन्तर्कृया गरेका थिए।

पाठ्यपुस्तकको सैद्धान्तिक विषयलाई व्यवहारिक सिकाइका लागि शैक्षिक भ्रमणको आयोजना गरिएको प्राध्यापक खगेन्द्र सुवेदी जनाए । २ दिने अध्ययन तथा अवलोकन भ्रमण कार्यक्रममा मानवीय संकाय प्रथम, दोस्रो, तेस्रो बर्षका गरि जम्मा २६ जना बिद्यार्थी सहभागी थिए भने प्राध्यापक बिदुर सुवेदी र खगेन्द्र सुवेदीको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मानबिकी संकाय सुकुनाका बिद्यार्थीद्वारा शैक्षि..." A few seconds ago

सम्बन्धित खवर