दमक । समाजवादी पार्टी, लिम्बूवान राष्ट्रिय समितिले शरणहाङ जवेगुको अध्यक्षतामा समाजवादी युवा संघ, लिम्बूवान समितिको गठन सम्पन्न गरेको छ ।
शनिवार झापाको दमकमा भएको युवाहरुको भेलाले जवेगुको अध्यक्षतामा ८६ जना सदस्य समाजवादी युवा संघ लिम्बूवान समितिको गठन गरेको हो । समितिको उपाध्यक्षमा गंगा दुलाल, नरेश माङमू, जसहाङ लिम्बू, सचिव सुमन राई, सहसचिव सुर्य बान्तवा राई, सदस्यहरुमा केवि लिम्बू, चैतन केदेम, सुवु जवेगु, देउ कुमार नेम्बाङ, राम कुमार केरुङ, बल बहादुर राई, सर्मिला लिम्बू, सानू रार्य, राज मगर छन् ।
त्यस्तै अरुण सिवाकोटी, विशाल थाम्सुहाङ, सुर्य राई, प्रल्हाद खेवा, संजय विश्वकर्मा, शरण पालुङवा, सन्दिप केदेम, पनजापी ओख्राबु, शान्ति जवेगु, अङदी शेर्पा, धनलाल केदेम, अम्बिका लवा, राजकुमार चोङबाङ, रविन्द्र कुमार केदेम, जीत बहादुर आवजङ, ङिवीर केदेम, खड्ग प्रसाद केदेम, विवश आले मगर, दिलकुमार केदेम, टिकाराम तेङबुङ, चन्द्रमाण्ी केदेम, रामकुमार चोङबाङ, ज्ञानु केदेम, एलिशा केदेम, करण हाङगाम लिम्बू, सुरेन्द्र केदेम, देवेन्द्र मावो, हस्तराज केदेम, नरेन्द्र थोप्रा, बालकुमार गुरुङ, देकेन लिम्बु, विरेन राई, जसहाङ लिम्बु, निरोज मावोहाङ, राकेश लिम्बु, सन्तोस योङया, डेगराज मगर, मित्र देवान, आइन्द्र देवान, पञ्च आङदेम्बे, विवश साउदेन, भाइचुङ लिम्बू, देउमान थेवे, विष्णु केदेम, देवी आङदेम्बे, सुर्य केरुङ, आइन्द्र केरुङ, इन्द्र राई सुमन राई, दुर्गा तामाङ्ग, साहारा थेवे, मोहन देवान, जेनिस लिवाङ, जीत बहादुर साँवा, मिलन तामाङ्ग, संजय इङनाम, आकाश लिम्बु, अनिल राई, विरेन राई मिलन लावती रहेका छन् । दमक स्थित खान्तोक जापानीज इन्सिच्यूटको कार्यक्रम कक्षमा सम्पन्न समाजवादी युवाहरुको भेलाले कमिटि गठन गरेको हो । भेलालाई पार्टीका केन्द्रिय सदस्य तथा लिम्बूवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम, केन्द्रिय सदस्य भक्त खेवाङ, मुख्य सचिव केदार धिमाल, झापा जिल्ला अध्यक्ष दिपेन बाला राई, समाजवादी युवा संघ १ नं. प्रदेश मुख्य सचिव पवन विष्ट लगायतले सम्बोधन गरेका थिए । भेला पार्टीका लिम्बूवान राष्ट्रिय समिति उपाध्यक्ष तथा युवा संयोजक प्रेमदिप थाम्सुहाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।